Dalit Story
No Result
View All Result
No Result
View All Result
Dalit Story
No Result
View All Result

छुवाछूतको यातनादेखि यूएनसम्म

सुभाष नेपाली

February 9, 2026
in Things we have survived
छुवाछूतको यातनादेखि यूएनसम्म
Share on FacebookShare on Twitter

दलित समुदायबाट आउनेहरूको सपना भनेकै जेनतेन १० कक्षासम्म जाने। त्यसपछि इन्डियातिर जाने र काम गर्दै एउटा सिपाहीमा अथवा इन्डियन आर्मीमा भर्ती भएर जिन्दगी गुजारा गर्ने। मेरो सपना पनि त्योभन्दा पर थिएन। स्कुलमा विभेद हुन्थ्यो। होटलबाट निकाल्नेदेखि लिएर घैंटाको पानीसमेत सारेर खान पाइँदैनथ्यो। शिक्षकलाई पनि छुन नपाउने अवस्थाहरू पार गर्दै अघि बढ्दा मलाई पढाइमा कुनै रुचि हुने कुरै भएन। त्यो अवस्थाबाट मैले एसएलसी परीक्षा दिइसकेपछि इन्डियामा गएर कहिले बंगुर फार्म त कहिले पेट्रोल पम्पमा काम गरेँ।

त्यहाँ गएर काम गर्दा मैले भारतमा दलित समुदायबाट उठेर डा. भीमराव अम्बेडकरले एउटा राजनीतिज्ञ, संविधान लेखक, सामाजक अता र अर्थशास्त्रीका रूपमा जसरी आफूलाई अब्बल बनाउनुभएको थियो, त्यसबाट म प्रेरित भएँ। भारतमा काम गर्दा एक आप्रवासी मजदुर र दलित भएका कारण हामीले भोग्नुपर्ने जुन विभेद थियो त्यसले मभित्र विद्रोहको चेत फैलायो र म नेपाल फर्किएँ। त्यसपछि नेपालतिर मोडिएका पाइलाहरू अहिलेसम्म रोकिएनन्। नेपालमा आएर मेरो पढाइलाई निरन्तरता दिएँ। त्यसपछि मलाई सपना सिर्जित गर्न सके सफलता हासिल गर्न सकिँदो रहेछ भन्ने महसुस भयो।

अहिले विभिन्न फोरममा हामी बोल्छौं। यो एक हिसाबले ऐतिहासिक काम भएको छ। तर, हामीले संरचनामा गएर हेर्‍यौं भने अझै पनि हामीले एउटै टेबलमा बसेर खान सक्छौं त ? म ५२ सालतिरको एउटा घटना भन्छु। मेरी आमाले पत्थरकोटदेखि सन्धिखर्कसम्म भरियाको रूपमा काम गरेर बचत गरेको आफ्नो आर्जनबाट छिमेकमा खेत किन्न खोज्नुभयो। त्यहाँ गैरदलित समुदायको मात्र खेत थियो। खेत मलिलो पनि थिएन। गैरदलितहरूले किन्ने कुरा भएन। बेच्ने मान्छे हाम्रोमा आएर जग्गा किन्न भने र मिलाएरै दिए पनि। तर, जब हामीले जग्गा किन्ने कुरा छिनियो, गैरदलितहरूले हाम्रो ठाउँमा दलितलाई खेत किनाउने भनेर लफडा गरे। अन्त्यमा हामीले जग्गा किन्न पाएनौं।

अब तीन वर्षअघि मैले काठमाडौंको वनस्थलीभन्दा अलिभित्र दुःख गरेर कमाएको अलिकति पैसाले जग्गा किन्ने सोच बनाएँ। एकजना साथीले यसमा मलाई सहयोग गर्नुभयो। तर, उहाँको बुवाले भन्नुभयो, ‘हेर बाबु, तिमीजस्तो यूएनमा काम गर्ने मान्छेलाई यो जग्गा बेचाउनु छ। अहिले दलित समुदायका मान्छे विश्वकर्मा, परियार, नेपालीहरू पनि पैसा कमाएर जग्गा किन्न आउँछन्। यो छिमेकको जग्गा तिनीहरूले किने भने त हामी यहाँ नबसे पनि हुन्छ।’ उहाँले सीधै तँलाई बेच्दिनँ त भन्नुभएन तर मेरो जात थाहा नपाएजसरी त्यो किसिमको स्ट्राटेजी अपनाएर मलाई गाउन खोज्नुभयो।

यी दुई घटनालाई तुलना गर्ने हो भने हाम्रो छुवाछूतको जरो कति बलियो छ भन्ने स्पष्ट हुन्छ। हामी दुःख गरेर आर्थिक रूपमा सबल त भयौं तर सामाजिक, सांस्कृतिक, राजनीतिक संरचनामा हाम्रो पहुँचको अवस्था कहाँ छ त ? अहिले पनि सबैभन्दा धेरै भूमिहीन नेपालीमध्ये दलित नै किन धेरै छन् त ? संविधानमा दलितलाई एकपटक आवासको व्यवस्था गर्ने भनिएको छ तर त्यो किन कार्यान्वयन हुने अवस्थामा छैन त ? सक्षम र नेतृत्व तहमा पुगेका दलितहरूले पनि किन विभेदको सामना गर्नु परेको छ त ? यसले के देखाउँछ भने मूलभूत रूपमा विभेदको जरो उस्तै छ।

हामी जुन समाजमा बाँचेका छौं, त्यहाँ तपाईंहामी सबैलाई सपना देख्ने अधिकार छ-छैन ? त्यो अधिकार देख्न सक्ने कसरी गराउने ? रुकुमको दलित परिवारमा जन्मिएकी छोरीले आफू डाक्टर बन्ने सपना देख्न सक्छिन् कि सक्दिनन् ? सर्लाहीको एक मुसहरले विश्वको नामुद अर्थशास्त्री बन्ने सपना देख्न सक्छ कि सक्दैन ? बाल्यकालमा मलाई स्कुल जानभन्दा गाई हेर्न वा जोत्न गयो भने दुईचार पैसा आउने र खर्च गर्न पाउने सपना थियो। मैले आज अर्थशास्त्री बन्नुभन्दा पनि वैधानिकता प्राप्त गरेको छु कि छैन भन्ने कुरा महत्वपूर्ण हो।

हाम्रो समाजमा जन्मिँदै कतिलाई चिट्ठा परेको छ र उनीहरूलाई जन्मकै आधारमा गौरवान्वित हुने अवस्था छ। तर, अर्को तप्कालाई जन्मकै आधारमा आफूलाई हरेक ठाउँमा प्रमाणित गर्दै हिँड्नुपर्ने बाध्यता छ। संरचना नै त्यसरी निर्माण गरिएको छ। एउटा दलित युवाले कठिन परिस्थितिसँग जुधेर, आरनमा पोलिएर, डढेर मात्र त्यो वैधानिकता प्राप्त गर्छ। यो अवस्थामा हामीले समान रूपमा सपना देख्न पाउँछौं पाउँदैनौं भन्ने कुरा महत्वपूर्ण हुन्छ। त्यसका लागि आमसीमान्तीकृत समुदायले देखेको सपनाको सम्मान नै सामाजिक न्यायको महत्वपूर्ण प्रस्थानबिन्दु हो।

अहिले हामी जुन समाजमा बसेर कुरा गरिरहेका छौं, त्यो समाजमा कुनै सुमदाय अथवा वर्गले जुन व्यवहार र संस्कृति अपनाउँछ उनीहरूलाई व्यवहारतः ज्ञानी र सांस्कृतिक रूपमा वैधानिक वर्चश्व कायम तर, लितहरूलाई त्यो छन। या लागि लित समुदायप्रतिको जुन मूल प्रवाहको मानिने न्यारेटिभ छ, त्यसाई फेर्नु आवश्यक छ। मैले त्यसका लागि आफ्नो पेसाबाहेक ‘दलित रिडर’ अभियानको संयोजन गरिरहेको छु। त्यो अभियानले दलित समुदाय र गैरदलित समुदायका युवाहरूलाई जातव्यवस्थाबारे अध्ययन अनुसन्धान गर्ने र उनीहरूको ज्ञान, संस्कृति र क्षमतालाई कसरी बाहिर ल्याउने भन्नेबारे ज्ञान उत्पादनको काम गरिरहेको छ। आगामी दिनमा पनि म यो अभियानलाई अगाडि बढाउनेछु।

नेपाली संयुक्त राष्ट्रसंघ आवासीय संयोजकको कार्यालयमा अर्थशास्त्री तथा दिगो विकास सल्लाहकार छन्।

Related Posts

Social Security Fund Saved My Family

Social Security Fund Saved My Family

February 22, 2026
Dalit Story – dalitstory.org.np

Cold also kills Dalit

December 30, 2024
Dalit’s house torched for eloping with ‘upper-caste’ girl in Jumla

Dalit’s house torched for eloping with ‘upper-caste’ girl in Jumla

December 30, 2024
Dalit Story – dalitstory.org.np

Local Hindus denied to build a Church in eastern Nepal

December 30, 2024
Dalit School and Life of Dalit Students, Kathauna, Saptari 2014

Caste-based discrimination persists despite being outlawed in Nepali society

December 30, 2024
Dalit School and Life of Dalit Students, Kathauna, Saptari 2014

Cold also kills Dalit

December 30, 2024

Discussion about this post

Listen. Recognize. Honor. Share.

Programmes

Ways to Give

Quick Links

Please visit us

                 Supported on behalf of the Finnish people 

Supported on behalf of the Finnish people

Website Powered by Web Fusion Nepal

No Result
View All Result

Copyright © 2021 Dalit Story. All rights reserved. | Powered by Web Fusion Nepal