“शिक्षित बन ! सङगठित होऊ ! सङघर्ष गर !”- अम्बेडकर
दलित अध्ययन पुस्तकालय
जुटपानी, सर्लाही
अवधारणा–पत्र, २०८१
-Shiva Hari Gyawali
विषय प्रवेश
नेपालमा प्राचीन कालदेखि नै ज्योतिष, तन्त्र, ईश्वर, सिकार, लडाइँ, औषधि, धार्मिक विधि विधान आदि कुराहरू शिलालेख, ताम्र पत्र, भोजपत्र आदिमा लेखिन्थ्यो भन्ने कुरा इतिहासबाट थाहा हुन्छ । यी सबै हस्तलिखित सामग्रीहरू गुम्बा, विार, म, मन्ि आदिमा ्थ्यो नेपालको सन्दर्भमा यी मठ, मन्दिर, गुम्बा, विहारहरू नै अहिलेका पुस्तकालयका पुराना स्वरूप थिए । मध्यकालीन इतिहासमा पुस्तकालयलाई ग्रन्थालय, ग्रन्थ कुटी, सफूथुछहेः आदि विभिन्न नामले चिनिन्थ्यो (कार्की, सन् २००२) ।
पृथ्वीनारायण शाहको उपत्यका विजयपश्चात् गोरखा दरबार, नुवाकोट दरबार तथा ललितपुर, भक्तपुर आदि स्थानका मठ–मन्दिर आदिमा सङ्कलित हस्तलिखित ग्रन्थहरू जम्मा गरी हनुमान ढोकास्थित दरबारको पूजा कोठामा सङ्कलित गरे । केही वर्षपछि त्यही पुस्तक सङ्कलितले अघोषित रूपमा राजकीय पुस्तकालयको दर्जा पायो । राजा गीर्वाण युद्ध विक्रम शाहको पालामा वि.सं. १८६९ भाद्र १५ गतेका दिन ‘पुस्तक चिताई तहबिल’ सम्बन्धी नीति–नियमको लालमोहर जारी भयो । यस लालमोहरबाट पुस्तकालयले नेपालको इतिहासमै सम्भवतः पहिलो पटक कानुनी मान्यता पायो (अधिकारी, २०६५) ।
राणा प्रधानमन्त्री जङबहादुरले हनुमान ढोका दरबारमा रहेको पुस्तक चिताई तहबिलका सबै पुस्तकहरू वि.सं. १९०४ मा थापाथली दरबारको जैसी कोठामा सारे । वीर समसेरको पालामा वि.सं. १९५३ मा त्यसलाई दरबार स्कुलमा सारियो र त्यसलाई ‘दरबार लाइब्रेरी’ भन्न थालियो । वि.सं. १९५७ मा यसलाई पुनः घण्टाघरमा सारियो र ‘वीर पुस्तकालय’ अथवा ‘घण्टाघर लाइब्रेरी’ नामले सम्बोधन हुन थाल्यो । वि.सं. १९६२ मा त्यसको नाम बदलेर ‘वीर लाइब्रेरी सरकारी पुस्तक खाना’ राखियो (पूर्ववत) ।
राणा कालमा सरकारीतर्फबाट पुस्तकालयसम्बन्धी केही काम भए पनि सर्वसाधारण जनताको तर्फबाट पुस्तकालय खोल्ने आदि काम गैर कानुनी एवं अपराध ठहराइन्थ्यो । सरकारी पुस्तकालयका पुस्तकहरू अध्ययन गर्न पनि राणा प्रधानमन्त्रीको स्वीकृति अनिवार्य थियो । वीर समसेरको पालादेखि मात्र सरकारी पुस्तकालयलाई सर्वसाधारणका लागि खुला गरिएको थियो । यद्यपि सर्वसाधारणहरूले पुस्तकालय स्थापना र्न त्कलीन मयमा निकै कठिन थियो । उदाहरणको रूपमा वि.सं. १९८७ तिर धर्मराज थपलियालगायतले ‘सरस्वती गुठी‘ नामको एउटा संस्था स्थापना गर्ने र त्यसैबाट एउटा पुस्तकालय खोल्ने उद्देश्यले अनुमतिका लागि तत्कालीन प्रधानमन्त्री श्री ३ भीम शमशेरलाई बिन्ती पत्र दिने तयारी गरेका युवाहरूलाई दण्ड तोकिएको थियो (गौतम, सन् २००२) ।
काठमान्डु उपत्यकाबाहिर भने २००७ सालको सेरोफेरोतिर डरै–डरले विभिन्न स्थानमा पुस्तकालयहरू खुल्न थाले । तानसेन पाल्पामा शिक्षाप्रेमी अम्बिकाप्रसाद लाकौलको सक्रियातामा उहाँकै घरमा वि.सं. १९८३ मा ‘पुस्तक पढ्ने दलान’को स्थापना गरिएको थियो । तर उक्त पुस्तकालय एकै वर्षमा बन्द गराइयो । पछि वि.सं. २००३ मा सो पुस्तकालयलाई “धवल पुस्तकालय” को नामले स्थापना गरियो । वि.सं. २००७ सालमा प्रजातन्त्रको स्थापना हुनुभन्दा अघि नेपालमा धवल पुस्तकालय सहित ३१ वटा पुस्तकालयहरु स्थापना भएका थिए (पौडेल, २०७७) ।
२००७ सालपश्चात् भने निर्बाध रूपमा देशभरि धमाधम सार्वजनिक पुस्तकालयहरू खुल्ने वातावरण बन्यो र सो अवधिमा निकै पुस्तकालयहरू खुले । त्यसअघि राणा, दरबार र उनीहरूको नजिक रहेका केहीले व्यक्तिगत रुचि र प्रयोजनका लागि समेत निजी पुस्तकालय राखेको देखिन्छ । वि.सं. २०१३ मा राजगुरु हेमराज पाण्डेको निजी पुस्तकालय भारती भवनका पुस्तकहरू नेपाल सरकारले किनेर सिंहदरबारस्थित सिक्री ढोकामा राखियो र यो पुस्तकालयलाई “नेपाल राष्ट्रिय पुस्तकालय” भनी नामकरण गरियो । व्यक्तिगत पुस्तकालय स्थापनाको इतिहास क्रममा एउटा अर्को उल्लेखनीय पुस्तकालयको नाम हो ललितपुरको पाटन ढोकामा रहेको मदन पुरस्कार पुस्तकालय । विसं २०१३ सालमा स्थापित यो पुस्तकालय शिक्षा सेवी कमलमणि दीक्षितको व्यक्तिगत सङ्ग्रहालयलाई मदन पुरस्कार गुठीद्वारा सञ्चालनमा आउने गरी मदन पुरस्कार पुस्तकालयको नामले सुरु गरिएको थियो (पूर्ववत) ।
वि.सं. २०१६ तिर नेपाल सरकार र युएसएडको सहयोगमा काठमाडौँमा ‘सेन्ट्रल लाइब्रेरी’ नामको एक आधुनिक पुस्तकालयको स्थापना गरियो । वि.सं. २०१६ मा त्रिभुवन विश्वविद्यालयको स्थापना भएपश्चात् लगत्तै त्रिभुवन विश्वविद्यालय पुस्तकालय स्थापना भयो । वि.सं. २०१९ मा दुवै लाइब्रेरी ाभी ्रि क्रीय पुस्तकालयको ्थापना भयो । व्यक्तिगत पुस्तकालय स्थापना गर्ने काममा तत्कालीन फिल्ड मार्सल केसर समसेरको पनि नाम उल्लेख्य छ । उनले आफ्नो निजी सङ्ग्रहको रूपमा विकास गर्दै लगेको केसर पुस्तकालय उनको मृत्युको केही वर्षपछि विसं २०२६ मा उनकी श्रीमती कृष्णचन्द्र देवीले तत्कालीन नेपाल सरकारलाई हस्तान्तरण गरेकी थिइन् (बैठा, २०६५) ।
नेपालमा पुस्तकालयको स्थापना र यसमा पहुँचको अवस्थालाई हेर्दा सुरुआतदेखि २००७ सालको परिवर्तन र २०४६ सालको राजनीतिक परिवर्तनसम्मको समयसम्म ज्ञानका श्रोत र पुस्तकालयमा विशेष गरी गुम्बा, विहार, मठ, मन्दिरका पुजारी तथा राणा, दरबार, राजपुरोहित र तिनका नजिकका केही सीमित परिवारमामात्र रहेको पाइन्छ । त्यसै गरी नेपालभित्र र नेपालबाट भारतमा गुरुकुल शिक्षाका लागि जाने सीमित कथित उच्च जातका पुरुषहरूले पनि यस्ता ज्ञानका श्रोत तथा पुस्तकालयहरूमा पहुँच पाएको अनुमान गर्न सकिन्छ ।
दलित पुस्तकालयको पृष्ठभूमि
नेपालमा संवत् १९६३ (सन् १९०६–१९०७ तिर) मा जय पृथ्वी बहादुर सिंहले काठमाडौँ, नक्सालमा “सत्यवादी प्राथमिक पाठशाला” खोलेका थिए । सो पाठशालामा दलितहरूले समेत पढ्ने गरेको इतिहास छ । वि.सं. १९१० मा स्थापित दरबार स्कुलमा स्थापनाको करिब ८२ वर्षपछि मात्र नेवारी दलितहरूले पहिलो पटक दरबार हाइस्कूलमा भर्ना भएको प्रमाण पाइन्छ । राणा कालको उत्तरार्धदेखि (विशेष गरी २००२ सालपछि) राज्य र समुदाय स्तरबाट मुलुकका विभिन्न भूभागमा पठन–पाठनका लागि क्रमशः स्कुल खुल्न थाले । २००४ सालपछि भने दलित छात्रछात्राका लागि समुदाय स्तरमै छुट्टै स्कुल खोल्ने प्रयत्न भएको पाइन्छ । विभिन्न भूभागमा दलित पढ्ने–पढाउने गतिविधिले तीव्रता लिँदै गएपछि सरकारले आश्विन १५, २००८ मा शिक्षा मन्त्रालयबाट प्रकाशित गरी सबै दलितहरूलाई पहिलो पटक सार्वजनिक रूपमा पढ्नका लागि खुला गरेको थियो (उप्रेती र ज्ञवाली, २०७९) ।
वि.सं. २०१३ मा डा. भीमराव अम्बेडकरको नेपाल आगमनदेखि नै नेपालका दलित नेताहरूको दलित मुक्तिका लागि शिक्षाको महत्वबारे थप चासो बढ्न थाल्यो । उनीहरूले भारतीय दलित नेताहरूसँग सम्बन्ध राख्न सुरु गरे । वि.सं. २०१७ को सेरोफेरोा प्र स्य ेपालको दलित प्रतिनिधिमण्डलले तत्कालीन भारतीय राष्ट्रपति राजेन्द्रप्रसाद र प्रधानमन्त्री जवाहरलाल नेहरुलगायत दलित नेता तथा तत्कालीन रेल मन्त्री जग जीवन रामलाई समेत भेटे । त्यस भ्रमण पछि नेपालका दलित विद्यार्थीलाई भारतको इलाहावाद स्थित ‘ईश्वर शरण आश्रम’मा पढ्नका लागि निःशुल्क खाने, बस्ने र पढ्ने व्यवस्था मिल्यो । यसले पनि तत्कालीन समुदायमा दलित समुदायमा शिक्षाको विकासका लागि र शिक्षित पुस्ता तयार गर्नका लागि मात्र होइन यसका लागि सङ्गठित पहलको समेत सुरुआतमा निकै ठुलो भूमिका खेल्यो । यद्यपि वि.सं. २०२० साल अघिसम्म दलित समुदायबाट स्कुल जाने पहिलो पुस्ताले स्कुलमा तीव्र जातीय विभेद मात्र भोगेनन् दलितलाई पढाउने र नपढाउने बिच देशैभर द्वन्द्वका घटना पनि भएका थिए (पूर्ववत) ।
विद्यालय जान समेत राज्य संयन्त्रबाटै निषेध गरिएको दलित समुदायले कक्षाकोठासम्म पहुँचका लागि गरेको सङ्घर्षको लामो इतिहास छ । यस्तो अवस्थामा दलित समुदाय स्वयंले पुस्तकालय खोल्न सक्ने अवस्था थिएन । पदम सुन्दाससँग लेखकले २०८१ वैशाख ९ मा गरेको कुराकानी अनुसार वि.सं. २०३० को दशकबाट दलित आन्दोलनका केही अगुवाहरूले समेत निजी स्तरमा व्यक्तिगत पुस्तकालयको स्थापना गर्ने काम गरे । टि.आर विश्वकर्मा र जवाहर रोकाले पुस्तकालयका रुपमा नभए पनि भारत र नेपालबाट प्रकाशित राजनीति, समाज र दर्शनसम्बन्धी सयौं पुस्तकहरु संकलन गरेका थिए । निजी प्रयासमा व्यक्तिगत पुस्तकालय स्थापना गर्नेमा दलित आन्दोलनका अग्रणी व्यक्ति पदम सुन्दासको नाम अग्रपंतिमा आउँछ । वि.सं. २०४० को दशकमा आइपुग्दा सम्म उनले आफ्नो व्यक्तिगत प्रयासमा नेपाल र भारतबाट प्रकाशित भएका ४०० बढी पुस्तकहरू सङ्कलन गरेका थिए । यद्यपि, यो पुस्तकालय सर्वसाधारणका लागि पहुँचयोग्य थिएन ।
वि.सं. २०४६ सालको परिवर्तन पछि नेपालमा गैरसरकारी संस्थाहरू उल्लेख्य रूपमा स्थापना भए । यस्ता संस्थाहरूले पुस्तकालयकै रूपमा नभए पनि दलित सवालमा प्रकाशित पुस्तक तथा पत्रपत्रिकाहरूको संरक्षण र उत्पादन गर्ने कार्य गरे । आफ्नै संस्थाको एउटा कोठामा भए पनि दलित सवालमा प्रकाशित सामग्रीहरूको सङ्कलन र संरक्षणको वातावरण निर्माण भयो । नेपालको दलित आन्दोलनमा दलित ज्ञान उत्पादनको सङ्गठित पहलमा नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहेको छ । २०४९ सालमा साहित्यकार जवाहर रोकाको अध्यकषामा ारतय दलित ाहित्य अकादमीका अध्यक्ष डा. सोहनपाल सुमनाक्षरको प्रमुख आतिथ्यमा नेपाल दलित साहित्य एकेडेमीको नामबाट यो संस्थाको सुरुवात भएको थियो (बराली, २०७४) । २०७४ सालसम्म आउँदा यो संस्थाले दलित साहित्य, इतिहास, संस्कृति र राजनीति विषयमा २८ पुस्तकहरूको प्रकाशन गरेको थियो । त्यसै गरी २०४९ सालमै पदम सुन्दासले स्थापना गरेको रत्नमाया दलित साहित्य प्रतिष्ठानमार्फत उनले २०७० सम्म आउँदा २१ भन्दा बढी पुस्तकहरू प्रकाशन गरे (सुन्दास, २०७१) ।
गैरसरकारी संस्थाहरूमा पुस्तक प्रकाशन र संरक्षणमा वि.सं. २०५२ सालमा स्थापना भएको जनउत्थान प्रतिष्ठानको महत्त्वपूर्ण योगदान रहेको छ । यो संस्थाले २०६८ सालमा बाँके जिल्लामा सहिद सेतु विक सार्वजनिक पुस्तकालय स्थापना गर्ने घोषणा गरेको थियो । यद्यपि, त्यो प्रभावकारी रूपमा अघि बढ्न सकेन । त्यस्तै २०५८ सालमा स्थापना भएको जातीय भेदभावविरुद्ध सञ्जाल (एन कार्ड)ले सामाजिक न्याय, सामाजिक आन्दोलन लगायतका विषयमा ४ सय बढी पुस्तक तथा श्रोत सामग्रीसहितको कक्ष स्थापना गरेको थियो । त्यसै गरी २०५८ मै स्थापना भएको जागरण मिडिया सेन्टरले पनि ४ सय बढी पुस्तकहरूसहितको दलित श्रोत केन्द्रको स्थापना गरेको थियो । वि.सं. २०६४ सालसम्म आउँदा जागरण मिडिया सेन्टरको दलित श्रोत केन्द्र संभवत दलित विषयमा सबैभन्दा धेरै पुस्तक तथा प्रकाशनहरूको सङ्कलन भएको ठाउँका रूपमा परिचित थियो । तर, यी गैरसरकारी संस्थाहरूले स्थापना गरेका श्रोत केन्द्र सर्वसाधारण नागरिक पहुँचमा पुग्न सकेनन् । हालसम्म आउँदा यी संस्थाहरूले सङ्कलन गरेका श्रोत सामग्रीहरू संस्थाभन्दा बढी संस्थासँग आबद्ध कार्यकारी समिति, तिनका आफन्त र कर्मचारीहरूको किताबको दराजमा पुगे ।
दलित गैरसरकारी संस्थाहरूमध्ये सन् २००८ मा स्थापना भएको नाफा कमाउने तर वितरण नगर्ने प्रकृतिको समता फाउन्डेसनले संभवत हालसम्म आउँदा नेपालमा दलित विषयका सबैभन्दा धेरै पुस्तक तथा पत्रिकाहरूको सङ्कलन रहेको संस्थाका रूपमा स्थापित छ । स्थापना कालका अध्यक्ष पदम सुन्दासले आफैले सङ्कलन गरेका पुस्तक तथा आफ्नो निजी पुस्तकालयका सम्पूर्ण पुस्तक तथा प्रकाशनहरू समेत समता फाउन्डेसनलाई नै हस्तान्तरण गरे । यद्यपि, समता फाउन्डेसन आफैमा नाफामूलक संस्थाद्वारा स्थापित भएकाले यसले सार्वजनिक पुस्तकालयको मर्मलाई कानुनी रूपमा सम्बोधन गर्न सकेको छैन । फल स्वरूप नेपाली दलित आन्दोलन आजको दिनसम्म आउँदा पनि दलित समुदायकै अपनत्व भएको सार्वजनिक पुस्तकालयको अभावको महसुस गरिरहेको छ । यसले आन्दोलनको ज्ञान उत्पादन र त्यसको दिगो उपयोगमा प्रभावकारी चासोको अभाव रहेको देखाउँछ ।
दलित अध्ययन पुस्तकालयको अवश्यकता
कुन समूहमाथि उत्पादित ज्ञान समूह विस गर्ने आख्यान र आकार दिने विमर्शका लागि महत्त्वपूर्ण हुन्छ । उत्पादित ज्ञानले महत्त्वपूर्ण मुद्दाहरूमाथि जोड दिन्छ । यसले बहसहरूको उठान गर्छ । र, राज्य र समाजबाट बाहिर पारिएका दलितजस्ता समुदायका माग र दाबीको नक्साङ्कन गर्छ । यद्यपि, नेपालको सन्दर्भमा ज्ञान, सम्पत्ति र सत्ताबिचको गठबन्धन र यसमा निश्चित समुदायको प्रभुत्वको परिणामस्वरूप नेपाली ज्ञानको सामाजिकीकरण हुन सकेको छैन । फल स्वरूप हालसम्म वर्चस्वशाली समुदायले गरेको ज्ञान उत्पादनले जात व्यवस्था, पितृसत्तात्मक र तहगत असमानताको अन्त्य गरी समावेशी लोकतन्त्र र सामाजिक न्याय स्थापित गर्नका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन ।
नेपालजस्तो जात व्यवस्थामा आधारित समाजमा एकल जात, वर्ग र लिङ्गको सत्ता निर्माण त्यसै भएको होइन । यस्तो सत्ताले आम जनताको मनमस्तिष्कमा सत्ता टिकाइराख्ने ज्ञान सिर्जना र त्यसको प्रचार नगरेको भए सम्भव हुँदैनथ्यो । विद्यमान नेपाली राज्य संरचनाबाट समेत दलित अध्ययन, ज्ञान र यसको संवर्द्धनका लागि खास पहल हुन सकेन । फल स्वरूप अहिलेको समयमा आएर पनि शिक्षा, प्रविधि र ज्ञानका श्रोतमा दलित समुदाय विशेष गरी दलित युवाहरूको ज्ञान उत्पादनमा प्रभावकारी पहुँच र उपस्थिति हुन सकेको छैन । यो स्थिति सिर्जना हुने विभिन्न कारकत्व छन् ।
पहिलो त नेपालमा सामाजिक विज्ञानमा दलित सवाललाई प्राज्ञिक अनुसन्धान मूल चासोका रूपमा स्वीकार गरिएको छैन । राजनीतिक र सांस्कृतिक रूपमा बहिष्कृत दलित सवाललाई नेपाली विद्वानहरूले पनि बौद्धिक बहसमा बहिष्कार गरेका छन् । दोस्रो, दलित आन्दोलनभित्रका अन्य राजनीतिक तथा विभेदका मुद्दाका तुलनामा ज्ञान उत्पादन, पठन संस्कृति, पुस्तकालय, अभिलेखालयलगायतका विषयले कम प्राथमिकता पाउने गरेका छन् र यी विषयलाई आन्दोलनको एक क्षेत्रका रूपमा स्वीकार गरिएको छैन । हालसम्म पनि दलित आन्दोलनका ऐतिहासिक दस्तावेजहरुको संकलन र प्रकाशन हुन नसक्दा आन्दोलनको इतिहास र यसका आयामबारे नयाँ पुस्तामा नगन्य चासो रहने गरेको छ । परिणमस्वरुप आन्दोलनभित्र आन्दोलनलाई विकासे परियोजनाका रुपमा बुझ्ने, आन्दोलनको बलमा स्थापित “दलित” शब्दको विकल्पमा सिल्पीजस्ता शब्दहरुको प्रयोग गर्ने र दलित ज्ञान र ौरवको अध्ययनको नाममा ह्ू धर्म र त्यसले सिर्जना गरेका िथहरुसँग दलित मुक्तिको सवाललाई जोड्ने कामले स्थान पाउँदै आएको छ । यसबाट दक्षिणपन्थीमात्र होइन बामपन्थी दलित अगुवाहरुसमेत प्रभावित छन् । त्यसैगरी नेपालमा अम्बेडकरजस्ता दलित अर्थराजनीतिका अग्ला चिन्तकलाई निषेध गर्ने र उनलाई केबल “धर्मपरिवर्तन” मार्फत् दलित मुक्तिको विकल्प खोजेको आरोप लगाउने प्रवृत्ति पनि बढेको छ । यसको खास कारण दलित समुदायको त्यसमा पनि पछिल्लो युवा पुस्ताको जात व्यवस्थाविरोधि ज्ञानका श्रोत भएका पुस्तकालयहरुमा कमजोर पहूँच हुनु हो । त्यसैगरी तेस्रो, बाँच्नका लागि सङ्घर्ष गर्नुपर्ने अवस्थामा दलित युवाहरू स्वयंलाई ज्ञान निर्माणको सङ्गठित प्रयासमा जोड्नका लागि सहज छैन । यद्यपि, जात व्यवस्था विरोधी असहमति र आक्रोशका अभिव्यक्तिलाई निश्चित आकार दिनका लागि दलित पक्षीय ज्ञान उत्पादनको पहिलो तर अनिवार्य आवश्यकता हो “दलित अध्ययन पुस्तकालय” । हामीले यसरी सोच्न सकेनौ भने दलित आन्दोलनभित्र पनि केही वौद्धिकहरुलाई “भगवान” बनाउने र आलोचनात्मक रुपमा आन्दोलनलाई हेर्ने जमातको खडेरी पर्ने निश्चित छ ।
तहगत असमानता र जात व्यवस्थालाई टेवा पुग्ने गरी ज्ञान उत्पादनमा निश्चित समुदायको वर्चस्व कमजोर बनाउनका लागि पनि दलित अध्ययन पुस्तकालयको स्थापना जरुरी छ । यसका साथै गैर दलित बौद्धिक वर्गलाई दलित सवालमा ज्ञानको उत्पादनमा उत्प्रेरित र मार्गदर्शन गर्न सक्ने साझा बौद्धिक थलोका रूपमा पनि यसको आवश्यकता छ । अब दलितहरूको समग्र विकास र सवालहरूलाई फरक तरिकाले सिच्नै पर्ने भएको छ । यसका लागि दलित समुदायका भुईँ तहका सङ्घर्ष र ज्ञानलाई प्राज्ञिक र सैद्धान्तिक विश्लेषणसँग जोड्नका लागि ज्ञानको सहज पहुँच सुनिश्चित गर्नै पर्छ ।
सन्दर्भ सामग्री
उप्रेती, देवेन्द्र र ज्ञवाली, शिवहरि । २०७९ । हिन्दू समाजमा दलित शिक्षा (वि.सं. १९६३–२०२०) । नेपालमा विद्यालय शिक्षाः इतिहास, राजनीति र समाज । लोकरञ्जन पराजुली, प्रत्यूष वन्त, देवेन्द्र उप्रेती, सं., पृ. ७१११५ । मार्टिन चौतारी, काठमान्डौ ।
पौडेल, किशोर । वि.सं. २०७७ । नेपालमा पुस्तकालय ः इतिहास र वर्तमान । अनलाईनखबर डट कम । https://www.onlinekhabar.com/2020/09/893191 २१ अप्रिल, २०२४ मा पहुँच गरिएको ।
बराली, रणेन्द्र । २०७५ । प्रतिष्ठान स्थापनाको परिवेश । दलित साहित्यिक स्मारिका, २०७५ । रणबहादुर रम्तेल र सरोजदिलु विश्वकर्मा, सं., पृ.१५ । नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, काठमाडौँ ।
सुन्दास, पदम । २०७१ । प्रकाशकीय । सङगीतमय जीवन ः सङ्गीत अन्ेवषक रामशरण दर्नालको जीवन र कर्म । राजेन्द्र महर्जन र पदम सुन्दास, सं. पृ. ९१२ ।
Adhikari, I. P. (2065). “Library and resource center: Management and operation”. Kathmandu: Limisec.
Baitha, Ganesh. (2065). Kaiser Library: New Section and its Services. In “Kaiser Library: a century (1908-2008)”. Kathmandu: Kaiser Library.
Gautam, Bishwa Raj. (2008). Library Day (Bhadra 15): Concept Paper (Tr.). In “Voice of Library” Vol.1, No.2. Kathmandu: Sagarmatha Public Library.
Karki, Madhusudan. (2002). “The Study of emergence and development of libraries, information centres and information professionalism in Nepal: An appraisal”. (Unpublished Ph.D. thesis).
तपाई किताव दान दिने सोच्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् । हामी घरमै लिन आइहाल्छॏ ।
काठमान्डॏमा हाम्रा साथीहरुः शिवहरि ज्ञवाली (मोबाइल ९८५११३९४१८) र शिवराज गायक (मोबाइल ९८६५१९५९४४) झापामा नरेश खाती (मोबाइल ९८४२६९८५१६) सर्लाहीमा पचुलाल माझी मुसहर (मोबाइल ९८४४११६६६६) र जनकपुरमा अभिषेक झा (मोबाइल ९८२१८१५६६१) मा सम्पर्क गरेर थप जानकारी र सहयोग लिन सक्नुहुन्छ । अथवा यो गगल ार गएर पनि आफ्नो नाम र सम्पर्क नम्बर दिन सक्नुहुन्छ ।
Discussion about this post