Dalit Story
No Result
View All Result
No Result
View All Result
Dalit Story
No Result
View All Result

पाइला पाइलामा विभेद

विमला गायक

February 9, 2026
in Women and Girls
पाइला पाइलामा विभेद
Share on FacebookShare on Twitter

जब म पढ्न भनेर जाँगरसाथ स्कुल गएँ, पहिलो दिनमै मलाई ‘गन्धर्वकी छोरी अगाडिको बेन्चमा बस्ने, तेरो के हैसियत’ भनेर पछाडि पठाइयो। म सामाजिक सेवामा छु। यो पनि एउटा राजनीति होइन र ? बलात्कारपछि जिउँदै जलाइएकी धनुषाकी रेश्मा रसाइली र अन्तरजातीय विवाहका कारण मारिएका अजित मिजारको परिवार अहिले पनि न्यायको पर्खाइमा छन्। यस्ता मुद्दामा हाम्रा अगुवा भनिएकाहरू अझै पनि किन मौन बसिरहेका छन् त ? के यो राजनीति होइन ? हाम्रो समस्या कसले उठाउने त ? हामीलाई सहयोग कसले गर्ने ? मलाई आफ्नै भोगाइले पनि सामाजिक क्षेत्रमा लाग्न प्रेरित गर्‍यो।

जब म पढ्न भनेर जाँगरसाथ स्कुल गएँ। पहिलो दिनमै मलाई ‘गन्धर्वकी छोरी अगाडिको बेन्चमा बस्ने तेरो के हैसियत’ भनेर पछाडि पठाइयो। पानी प्यास लागेको बेला स्कुलमा राखेको बाल्टीबा पानी खा दिन रबाट पानी निकालेर पिउन खोज्दा तिमी इनार छुन पाउँदिनौ भनियो। पसलमा गएर पैसा तिरेर खान्छुभन्दा पिँडीमा बसेर चिउरा तरकारी खानुपर्ने र खाएको भाँडा आफैं पखाल्नु पर्‍यो। यी घटनाले मेरो कलिलो मस्तिष्कमा गहिरो छाप पर्‍यो। विभेदको पीडा के रहेछ भन्ने मैले जन्मैदेखि महसुस गरेँ।

गाउँमा जान्छु ८५ प्रतिशत दलित भएको गाउँमा हाम्रा दिदीबहिनीहरूमाथि, बालबालिकामाथि चरम शोषण छ। हाम्रोे समुदायका अगुवाहरू पनि डर र त्रासमा बाँच्न बाध्य छन्। विस्तारै सबै किसिमको शोषणले विरक्तिएको समाजमा मैले आवाज उठाउन खोज्छु झन् मलाई नै तिरस्कार गर्दै पचासौं गैरदलित युवाले यस्ता विभेदको कुरा उठाउँछेस् भने तेरो जीवन हामी समाप्त गरिदिन्छौ भनेर घेरा हाल्न थाले।

त्यो अवस्थाबाट म कसरी निस्कने र कसरी मेरो समाजलाई मुक्ति दिने भनेर १५ वर्षको उमेरमै मैले संघर्षको सुरुआत गरे। हाम्रो समुदायका दिदीबहिनी, दाजुभाइलाई संगठित गरेर गैरदलित समुदायको अत्याचारविरुद्ध संघर्ष गरँे। यस्तो अवस्था थियो कि उनीहरूको डरले हामी सबै महिला, बालबालिकासमेत दिउँसोमा जंगल र रातमा मकैबारीमा, धानखेतमा लुकेर सुत्नुपथ्र्यो। यस्तो पीडाका कारण नै मैले म सामाजिक अभियन्ता बनेर नै मेरो समुदायको उत्थान गर्नुपर्छ। हामीले नगरे कसले गर्छ भनेर नै सामाजिक क्षेत्रमा हात हालेको हुँ।

म एउटा अन्तर्राष्ट्रिय संस्थामा काम गर्थें। पढिसकेपछि पैसा कमाउँछु, सहयोग गर्छु भन्ने उद्देश्य बोकेर गएको थिएँ त्यहाँ। म त एउटा सामाजिक अभियन्ता, समाजमा परिवर्तन गर्न हिँडेको मान्छे। त्यहाँ त विभेद भोग्नु पर्दैन होला भन्ने थियो। मैले नियुक्तिपत्र लिएर जब काम सुरु गरेँ, त्यहाँ पनि मलाई विभेद सुरु भयो। जब म पहिलो पटक अफिस पुग्दा मलाई घरबेटीले कोठामा न, आँगनमा टेल राखेर ाम गर्न बाध्य गराए। जब म समुदायमा गएँ, त्यहाँ एक दिन समुदायमै बास बस्नु पर्‍यो। म एउटा महिला दलित भएको हुनाले गैरदलितको घरमा बास बस्नु पर्‍यो। राति सबै ढोका थुनेर भित्र बसे। म बाहिरै कुकुरसँग सुतेँ। राति बाघ आएर कुकुरलाई खायो। म बँचे। कुकुर नभएको भए बाघले मलाई आक्रमण गथ्र्यो होला। त्यो दिन म रातभर रोएँ।

जुन संस्था विशेषतः दलित र सीमान्तीकृत समुदायका क्षेत्रमा काम गर्ने उद्देश्य राख्थ्यो। तर, त्यो उनीहरूको देखाउने दाँत मात्र थियो। एक पटक सुकुमबासी सार्की समुदायमा सामुदायिक भवन बनाउनुपर्ने थियो। तर, संस्थाले लालपुर्जा भएकालाई मात्र सहयोग गर्ने बतायो। यसले मलाई निकै पिरोल्यो। एउटा दलित सवालमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाको यस्तो प्रवृत्ति देखेपछि मलाई म आफैं दलित समुदायको पक्षमा काम गर्नुपर्छ भन्ने लाग्यो र त्यही सिलसिलामा मैले धनुषाको झिँजाबाट आएर सर्लाहीको पुनर्वासमा बसेका पासवानहरू- जो परम्परागत रूपमा ‘चोरी पेसा’मा संलग्न थिए- को त्यो ठाउँमा, विशेषतः बालबालिका र महिलाहरूको अवस्था निकै दयनीय थियो।

आपसमा लडेर वर्षमा दुई-चार जना मारिन्थे। त्यो समाचार कहिल्यै बाहिर आउँदैनथ्यो। बुहारीहरूमाथि अत्याचार थियो। गर्भवती महिलालाई भालाले हिर्काउँदा पेट चिरिएर बच्चा निस्किन्थ्यो। त्यो बच्चा हाम्रै समाजमा छ। त्यो समाजमा कसरी रूपान्तरण गर्ने भन्ने सवालमा धेरै चुनौती थियो। उनीहरू ‘तिमी एउटा गोली त हौ नि’ भनेर धम्क्याउँथे। मलाई थुन्थे। डर देखाउन बन्दुक पड्काउँथे। मैले हिम्मतसाथ निरन्तर १० वर्षसम्म काम गरेँ। उनीहरूको आपराधिक मानसिकता बदल्न विशेषगरी महिलालाई साथमा लिएर विभिन्न आयमूलक र काउन्सिलिङका अभियान चलाएँ। आज त्यो गाउँमा कोही चोरी पेसामा संलग्न छैन। गाउँमै सहकारी खुलेको छ। महिलाहरू मोटरसाइकल गरेर तरकारी बेच्न जान्छन्। चोरीमा लागेका मान्छेहरू व्यवसायमा लागिरहेका छन्। हिजो सबैले झिँदजाका पासवानलाई हेरे दृ्टिकोण परिवर्तन एको छ।

द डित पक्षहरूलाई बेास्ता गरेर सुखी नेपालीको कल्पना गर्न सकिँदैन। विभेदरहित समाजमा दलितहरू पनि अटाउन सकून ! दलितहरू पनि आत्मसम्मानसाथ बाँच्न सकून् ! राज्यले दिएका अवसरहरू सबैले समान रुपले लिन सकून् ! मेरो सपना यहाँभन्दा धेरै पर छैन।

गायक सामाजिक अभियन्ता हुन्।

Related Posts

Bimala: Founder of Samari Utthan Sewa

Bimala: Founder of Samari Utthan Sewa

January 1, 2026
Sarlahi District Court Adjourns Rape Case Against Accused

Sarlahi District Court Adjourns Rape Case Against Accused

December 30, 2024
Juna: A community role model

Juna: A community role model

December 30, 2024
I can dream own

I can dream own

December 30, 2024
Basanti: From learner to trainer

Basanti: From learner to trainer

December 30, 2024
I want to give hope to my daughter

I want to give hope to my daughter

December 30, 2024

Discussion about this post

Listen. Recognize. Honor. Share.

Programmes

Ways to Give

Quick Links

Please visit us

                 Supported on behalf of the Finnish people 

Supported on behalf of the Finnish people

Website Powered by Web Fusion Nepal

No Result
View All Result

Copyright © 2021 Dalit Story. All rights reserved. | Powered by Web Fusion Nepal