१
श्री ५ को सरकारद्वारा प्रकाशित
(खण्ड४०)
काठमाडौं, जेठ २६ गते २०४७ साल (अतिरिक्ताङ्क १४ भाग ४)
श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरबारको सूचना
श्री ५ महाराजाधिराजबाट देशमा भइरहेको नयाँ राजनैतिक परिवर्तनको परिप्रेक्ष्यमा प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधान अनुसार धर्मसम्बन्धी मुद्दामा फैसलाबमोजिम हाल कैदको सजाय भोगिरहेका वा कैदको सजाय तोकिएका व्यक्तिहरूको कैदको सजाय माफी बक्सेको छ । साथै धर्मसम्बन्धी अभियोगमा हाल कानूनी प्रक्रियामा रहेका सम्पूर्ण मुद्दाहरू फिर्ता लिन श्री ५ को सरकारलाई निर्देशन बक्सेको छ ।
२
नेपाल राजपत्र
श्री ५ को सरकारद्वारा प्रकाशित
खण्ड४०) काठमाडौं, जेठ २६ गते २०४७ साल ( श्रतिरिक्ताङ्क १४+ (क)
भाग ४
श्री ५ को सरकार
श्री ५ महाराजाधिराजबाट नेपालको संविधान, २०१९ को धारा ८४ बमोजिम हिन्दू धर्म परिवर्तनसम्बन्धी विभिन्न मुद्दामा अदालतबाट दोषी ठहराई कैद र जरीवाना ठेकिई हाल अधिराज्यका विभिन्न कारागारमा रहेका देहायका १२ जना व्यक्तिहरूको बाँकी कैद र जरीवाना माफी मिनाहा बक्स भएको छ ।
नाम
- चार्ल्स मेन्डिज, ललितपुर न.पा.–४
- डवलबहादुर वम, जि. डोटी, कानाचौर -४
- वेधनिधि नेपाल, वयरवन गा. वि. स. – मोरङ
- छत्रमान कार्को, केरीन गा. वि. स. – ५ मोरङ
- रामबहादुर मगर, धनकुटा डाँडाबजार गा. वि. स. –
- प्रसादकुमार मगर
- मोहनकुमार मगर
- खड्कबहादुर मगर
- चन्द्रबहादुर मगर
- समिउल्लाह मुसलमान, रूपन्देही वुटवल न. पा.
- हरिभक्त खत्री
- रणबहादुर श्रेष्ठ
प्राज्ञाले, रामचन्द्र पौडेल
८५ श्री ५ को सरकारको का.मु. सचिव
सूचनाको सक्कल प्रतिलीपिहरु
- श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरबारको सूचना
- गृह मन्त्रालयको सूचना
-
Imprisonment of Charles Mendies in Nepal, EDM (Early Day Motion)270: Tabled in the 1989-90 session.
-
Nepal: Religious Prisoners Freed
संकलनः शिवहरि ज्ञवाली








Discussion about this post