२०२८ मा तराईको रौतहटमा नेपालकै आजसम्मको इतिहासमा कहिल्यै नभएको दुर्भाग्यपूर्ण साम्प्रदायिक घटना भयो । यसपछि नेपालका जनजातिका अगुवाका रूपमा खड्गबहादुर गुरुङ, नरबहादुर गुरुङ, खगेन्द्रजंग गुरुङ, योगी नरहरीनाथलगायत थुप्रैसँग भारतको राजधानी दिल्लीमा इन्दिरा गान्धीले भेट गरेकी थिइन् ।
रौतहटको मुसाहा गाउँबाट जलिल मियाँ नाम गरेका मुसलमानले गाई काटेर बेचिरहेको भन्ने अफवाह फैलियो । त्यस अफवाहले भयङ्कर साम्प्रदायिक दंगाको रुप लियो । जलिल मियाँलाई जिउँदै जलाइयो । घरमा आगो लगाइयो । मुसलमानले भेटे हिन्दुलाई, हिन्दुले भेटे मुसलमानलाई जिउँदै जलाउने त्यस दंगाले एक हप्ताभित्रमा ५१ जनाको ज्यान गयो ।
जलिल मियाँको घरमा सरकारले नै आगो लगाएको भन्ने अफवाहले दंगा उग्र र हिंस्रक हुन पुगेको थियो । त्यस दंगाको रापले छिमेकी जिल्ला बारा, पर्सालाई पनि पिल्साउनु स्वाभाविक थियो । बारामा ७ जना हिन्दुको मृत्यु भइसकेपछि पुलिस पुगे । त्यस घटनालाई लिएर जिल्लाका सिडिओ, डिएसपी खोसुवामा परे ।
सर्वोच्च अदालतका अतिरिक्त न्यायाधिश झपट बहादुर रावल गठन भएर अनुसन्धान भयो । दुवै घटना अफवाह (प्रायोजित) मात्र भएको पुष्टि भएपछि झण्डै तीन महिनाको अन्तरालमा सारा हिन्दु मुसलमानले आपसमा गला मिलाएर आपसी सौहार्दता सद्भाव प्रदर्शन गरे । सहभोज र पिकनिक (वनभोज) आयोजना गरे । त्यत्रो एक हप्तामा ५१ जना मारिएको घटना केही नभएकोजस्तो भई सामसुम भयो ।
घटनाबारे तत्कालीन नेपाल राजपत्रमा प्रकाशित सूचनाहरु हेर्नुहोस्ः
१ रौतहट तथा बारा जिल्लामा भएको हिंसात्मक दंगा बारे गठित आयोगले चढाएको प्रतिवेदन
संकलनः शिवहरि ज्ञवाली








Discussion about this post