नेपाल गजेट
नेपाल सरकारद्वारा प्रकाशित
खण्ड १ काठमाडौं चैत्र ५ गते
गते ०८ साल [संख्या ३२]
भाग १
गृहमन्त्रालयको विज्ञप्ति
२००८ साल फाल्गुन १० गते शुक्रबार भएको मन्त्रिमण्डलको बैठकमा निर्णय भएको श्रीपशुपतिनाथको मन्दिरभित्र जान पाउनुपर्छ भन्ने
अछूतहरूको आन्दोलनमा श्रीपशुपतिनाथको स्थानमा अछूतहरूले यस्तो आन्दोलन गरिरहेकोले त्यहाँ नजिकका मानिसहरू सबै मिली आएको रीति रिवाजविरूद्ध अछूतहरूलाई लड्न तयार भइरहेछन् । यसरी दुइ पार्टिको हामीहरूको परम्परादेखि चलि मन्दिरभित्र जान दिदैनौं भनी बिचमा मुकाबिला हुनगै अशान्ति हुनजाला कि भन्ने डर भइरहेछ के गर्ने भनी श्रीमानीय गृहमन्त्रीज्यूले भन्नुभकोमा छलफल हुँदा हाम्रो अन्तरीम विधानको डाइरेक्टिर प्रिन्सिपल- बमोजिम भेदभाव राख्न नहुने हो तापनि सो भेदभाव हटाउना निमित्त बन्नुपर्ने कानून बनी नसकेको हुनाले ऐलेलाई प्रचलित रीतिथितिको आधारमा बनेको ऐन सवालबमोजिम चल्नु चलाउनुपर्छ । अछूतहरूले मन्दिरभित्र बलाकात पस्न खोजे भने र शान्तिभंग हुनलाग्यो भने निजहरूलाई गिरफ्तार गर्नुपर्छ भन्ने आदेश भयो । यस सम्वन्धमा सरकारबाट कुनै कारवाई गर्नुभन्दा अघि निज अछूतहरूलाई सम्झाउनु बेश होला भनी श्रीमाननीय संसदीयमन्त्रीजीले सुझाउ गर्नुभएकोमा सोही बमोजिम गर्ने स्वीकृत भयो ।
मुद्रण विभाग
गोरखापत्र छापाखानाबाट प्रकाशित
आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।








Discussion about this post