
नेपाल गजेट
नेपाल सरकारद्वारा प्रकाशित
काठमाडें। आश्विन १५ गते ०८ साल
भाग ५
शिक्षामन्त्रालयका विज्ञप्ति
प्रजातान्त्रिक व्यवस्थामा सारा जनतालाई शिक्षाको आवश्यक छ । यसकारण कुनै वर्गभेद नराखी सबलाई शिक्षा दिने नीति सरकारले लिएको छ । यही नीति- अनुसार हाम्रा अछूत कहलाइएका भाइहरूले पनि नेपाल राजभरक शिक्षालयहरूमा अरू जातहरू सरह सह शिक्षा पाउने बन्दोबस्त भएको छ । यसकारण हाम्रा हरिजन भाइहरूले कुन कुन शिक्षालयमा पढ्न चाहनुहुन्छ, खोलाई ती शिक्षालयहरूका प्रधान अध्यापकहरूकहाँ आवेदनपत्र दिनुहोला । यस्ता आवेदनपत्रहरू आए पछि जाँची लायक ठहरिएको कक्षामा भर्ना गरी पढाउने बन्दोबस्त हुनेछ ।
साथै हरिजन विद्यार्थीहरूलाई आवश्यक हेरी स्कूलमा खाजा ख्वाउने मुना- सिबमाफिकको किताप खर्च रथोर बहुत लुगाखर्व दिने प्रबन्ध मिलाउने कोशि स पनि भइहेको छ ।
आधार – साहित्य–समिति
गोरखापत्र छापाखानाबाट प्रकाशित
आधिकारिकता मुद्रण विभागहाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।








Discussion about this post