धरान स्थित पिन्डेश्वर संस्कृत क्याम्पस्मा पुर्वका ब्यास भनेर चिनिने गुरु छविलाल पोख्रेलले बिश्वकर्माले पनि संस्कृत पढ्न हुन्छ छुवाछुत भन्ने छैन भनेर हिरालाल बिश्वकर्मालाई पढाए। उनै हिरालाल बिश्वकर्मा २०३१ सालमा शिक्षा सहायकमन्त्री भए।
२०३१ साल श्रावण १ गते, जब देशले नयाँ शिक्षा सहायकमन्त्री पाउँदै थियो, हिरालाल विश्वकर्मा शपथ लिनुअघि उनी सीधै पशुपतिनाथको मन्दिर पुगे—शिवको चरणमा ढोग गरे, पुजा अर्चना गरे । पञ्चायतकालको त्यो समयमा, जब हिन्दु संस्कृति र राजतन्त्रको जरा गाडिएको थियो, यो कदमले सबैलाई चकित पार्यो।
दलित समुदायबाट आएर मन्त्री बन्ने उनको यात्रा पहिल्यै ऐतिहासिक थियो, तर पशुपतिनाथको आशीर्वाद लिएर शपथग्रहण गर्नुले उनको कथा झन् रोचक बनायो। देख्नेहरु भन्छन्, त्यो बिहान उनी रुद्राक्षको माला लगाएर, टिका कपालमा सजाएर मन्दिरबाट निस्किए, र त्यसपछि राजदरबारमा पुगेर शिक्षामन्त्रीको शपथ लिए।
थप सन्दर्भ
• विसं २०३१ कात्तिक २५ गते हीरालाल विश्वकर्मालाई तत्कालिन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालले मन्त्रिमण्डल हेरफेर र थपघट
गर्दा २१ सदस्यीय मन्त्रिमण्डलमा सिंहदरबार प्रवेश गराएका थिए– शिक्षा सहायकमन्त्रीका रूपमा । मन्त्रिमण्डलमा उनको
वरीयता २१ औं स्थानमा थियो ।
• २०३२ मङ्सिर १५ गते डा. तुलसी गिरीको नेतृत्वमा गठित १५ सदस्यीय मन्त्रिमण्डलमा १४ औं वरीयतामा विश्वकर्माले शिक्षा
सहायकमन्त्रीकै रूपमा निरन्तरता पाए । २०३३ भदौ १७ गते मन्त्रिमण्डल थपघट हुँदा १८ सदस्यीय मन्त्रिमण्डलमा १५ वरीयतामा फेरि उनी शिक्षा सहायकमन्त्री बने ।
• २०३४ भदौ २७ गते कीर्तिनिधि विष्टको नेतृत्वमा गठित मन्त्रिमण्डलमा उनी शिक्षा मन्त्रालयकै जिम्मेवारीका साथ सहायकमन्त्रीमध्ये पहिलो स्थानमा थिए । लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा २०४० असार २९ गते गठन गरिएको मन्त्रिपरिषद्मा बढुवा भई हीरालालको पुनरागमन भयो । उनी आपूर्ति राज्यमन्त्रीमा नियुक्त भए । आपूर्तिमन्त्री नभएकाले उक्त मन्त्रालयको मूलमन्त्री उनै थिए ।
नोटः हिरालाल बिश्वकर्मा राष्टिय पञ्चायत सदस्य भएको राजपत्रमा प्रकाशित सूचना
संकलनः शिवहरि ज्ञवाली








Discussion about this post